नारायणगढको लायन्स भवनमा आगलागि, मोबाइल पसल ध्वस्त

Posted by

चितवन, भदौं २– चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राती आगलागि भएको छ ।

आगलागिबाट भुइ तलामा रहेको ‘गुगल मोबाइल पसल’ ध्वस्त भएको छ । आगलागिबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोलाई भरतपुर महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ ।