नारायणगढमा यहि फाल्गुन २० गते बिहिबार खुल्ला रक्तदान कार्यक्रम हुने

Posted by

चितवन, फाल्गुन १७
नारायणगढमा यहि फाल्गुन २० गते खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । चितवनमा रगत अभाव हुन नदिन नारायणी सामाजिक बिकास समिति र लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडिजको संयुक्त आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो । यहि फाल्गुन २० गते बिहिबार बिहान ७ बजे रक्तदान कार्यक्रम हुन लागेको छ । बढ्दो रगतको मागलाई परिपुर्तीका लागि नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने आयोजक संस्थाले जानकारी दिएको छ । नारायणगढको kL mall अगाडि हुने रक्तदान कार्यक्रममा सहभागि हुन आयोजक संस्थाले सम्पुर्णमा अपिल गरेको छ ।