नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

Posted by

असार ४, २०७७ बिहिबार चितवन – चितवनको कालिखोलामा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । 

इच्छाकामना गाउँपालिका कालिखोलामा हिजो पहिरो खसेको हो । पहिरो पन्छाएर गाडी एकतर्फी सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोलामा गाडीको चाप छ ।

पहिरो पन्छाउने काम भैरहेकाले आज दुईतर्फी नै गाडी सञ्चालन हुने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । तर लगातार जसो पानी परेकाले पहिरोको जोखिम कायमै रहेको उहाँको भनाइ छ । नारायणगढ मुग्लिन सडकको बाटो विस्तार गर्दा ठाउँ ठाउँमा पहाड काटिएको छ ।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ६ देउरालीमा पहिरो खस्दा अवरुद्ध सडक अझै खुलेको छैन । भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ चल्ने गाडी तीन दिनदेखि चल्न नसकेका भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।