नारायणगढ–मुग्लिन सडक एक तर्फी सञ्चालन

Posted by

मंगलबार, असार ३०, असार, चितवन-

नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ सत्रकिलो भन्ने स्थानमा सडक बगाएकाले एक तर्फी सवारी साधन सन्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएको छ ।

हिजो विहान ९.१० बजे भासिएको सडक दिउसो ११ बजे बाट दुई तर्फी सन्चालनमा आए पनि अविरल बर्षाका कारण गएराति  १२. ३० बजे पुनः  सोही  ठाउँमा ग्राभेल गरेको सडक पानीले बगाएकाले एक तर्फी रुपमा सवारी साधान सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको थियो । भासीएको सडकमा ग्राभेलले मर्मत गरी सञ्चालन गर्दै आएको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म पुर्णरुपमा बन्न सकेको  छैन ।