चितवन, शुक्रबार साउन ९–
गयराती अवरुद्ध बनेर एकतर्फी संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड आज विहानैदेखि पुनः अवरुद्ध बनेको छ ।
मुग्लिन नजिकै चार किलोमा आज विहान ४ बजे पहिरो खस्दा बाटो पुनः अवरुद्ध बनेको हो । पहिरोबाट मानविय क्षति भएको छैन । पानी परिरहेकोले पहिरो हटाउने काम रोकिएको छ ।
पहिरो खस्ने अवस्था अझै रहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनक प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । पानी रोकिएलगत्तै पहिरो टाउने काम सुरु गरिने प्रवक्ता थापाले बताए ।