तस्बिर

नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते

Posted by

चितवन, असार २६ बिहिबार– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते भएका छन् । आज (बिहीबार) दिउँसो ३ बजेको समयमा भरतपुर–२९ गाईघाटस्थित पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको ट्रकमा माथिबाट ढुंगा खस्दा एक जना घाइते भएका हुन् । घाइते हुनेमा ना ६ ख १६३४ नम्बरको ट्रकका सह–चालक भरतपुर–२५ बस्ने वर्ष २२ का सुमन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार घाइते तामाङको हातमा चोट लागेको छ । उनको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।