नारायणी किनारमा पुरुष मृत भेटिए, हत्याको आशंका

Posted by

असार १७, २०७६ चितवन : चितवनमा एक पुरुष मृत भेटिएका छन । भरतपुर महानगरपालिका–११ जागृतिचोक टोलका ४३ वर्षीय गोविन्दहरी चौलागाईँ मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  चौलागाईँ भरतपुर १ उद्योग वाणिज्य संघको पछाडि नारायणी नदी किनारमा ढलेको अवस्थामा सोमवार साँझ ६ बजे फेला परेका हुन । उनको साथमा एउटा झोला फेला परेको छ । झोलामा नागरिकता भेटिएको प्रहरीले जनाएको छ । घट्ना शंकास्पद देखिएकाले हत्या भएको परिवारको दावी छ । मृतककी भाउजू तारा चौलागाईँले देवरको मुख, ढाड, औँला र शरीरका स्थानमा चोट भएको बताइन् ।  मृतकका परिवारले घट्ना शंकास्पद देखिएकाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन्। मृतक गोविन्दहरि भारत जान्छु भन्दै आइतवार घरबाट निस्किएका परिवारको भनाइ छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।