निकाे भयो बेलायती प्रधानमन्त्री जाेनसनलाई काेराेना

Posted by

 बैशाख २, २०७७ मंगलबार – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई काेराेना भाइरस (कोभिड १९) निको भएको छ । उहाँको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएकाे बीबीसीले बताएकाे छ ।

प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहनुभएको छ । सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उहाँलाई चेकर्स लगिएको खबरमा बताइएकाे छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो ।

बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।