निमार्ण सामाग्रि हार्डवेयर व्यवसायी संघको १५ औँ अधिवेशन सम्पन्न

Posted by

मंसिर १०, २०७६ चितवन, निमार्ण सामाग्रि हार्डवेयर व्यवसायी संघ चितवन २२ औँ साधारण सभा तथा १५ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बाबुराम आचार्यको अध्यक्षतमा १९ जनाको नयाँ कार्यसमिति बनेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्याक्ष डोलक प्रसाद पुडासैनी, प्रथम उपाध्याक्षमा नरहरी घिमिरे ,द्धितीय उपाध्याक्षमा दयाराम सुबेदि, महासचिब सालिक दवाडी , सचिबमा अर्जुन लामिछाने त्यसैगरी कोषाध्यक्षमा बाबुराम श्रेष्ठ एबम् सहकोषाध्यक्षमा सन्दिप कुमार अग्रवाल लगाएत सदस्यहरु निबार्चित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उधोग बाणिज्य सघं चितवनका अध्यक्ष सहनलाल प्रधान र बिशिष्ट अतिथिमा धुमुस सुन्तलि फाउन्डेसनका अध्यक्ष सिताराम कटे्ल रहेका थिए । कार्यक्रम निर्बतमान अध्यक्ष सिब प्रसाद ओझाको सभापतित्वमा सम्पन्न भएको थियो ।