नियमित साईकल चलाउँदा यौन क्षमता बढ्छ

Posted by


साइकलको महत्व दिनानुदिन बढेको छ।कुनै वेला साइकलको शहर भनेर चिनिने चितवन जिल्ला मा छिटो र आरामदायी सवारी साधनको आवस्यकता अनि लोकप्रियता बढे संगै मानिसहरुले साइकललाई कम महत्व दिए।तर पछिलो समय वातावरण र मानव स्वास्थ्यलाइ समेत प्रभावकारी हुनेबुझे पछि साइकल चढ्नेहरुको संख्यामा बृदि हुन थालेको छ।देशका विभिन्न जिल्ला र मुख्य शहरमा साइकल क्लब नै गठन गरि साइकल चलाउन सुरु गरिएको छ।साइकल सबै वर्ग हरुमा सजिलै उपलब्ध हुन सक्ने सवारी साधन हो।बजारमा विभिन्न मूल्य र आकारका साइकलहरु पाइने हुँदा आफुलाई मन पर्ने र सहज हुने खालको खरिद गर्न सकिन्छ।हप्तामा नियमित पाँच दिन मात्र तीस मिनेट साइकल चढ्ने हो भने पनि मनोरंजन र शारीरिक अभ्यास दुवै लिन सकिन्छ।साइकल चढ्दा हुने फाइदाहरु यस प्रकारका छन्
१)रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
युनिभर्सिटी अफ नर्थ केरोलिनाको एउटा अनुसन्धानका अनुसार नियमित साइकल चलाउने मानिसहरुको प्रतिरक्षा शक्ति बढ्ने हुनाले साइकल नचलाउने मानिसहरुको भन्दा रोग लाग्ने संभवाना पचास प्रतिशतले कम हुन्छ।
२) नशा तथा मुटु स्वस्थ हुनु।
साइकल चलाउंदा मुटुको धड्कनमा बृद्दी हुन पुगी रक्तप्रवाह राम्रो संग हुन्छा।तसर्थ नशा तथा मुटु सम्वन्धि रोग लाग्ने सम्भावना कम हुन्छ भने रक्तवाहिनी नाली र छाला मा पर्याप्त अक्सिजन पुग्दछ।छाला राम्रो र चमकदार हुन्छ।आम मानिसहरु भन्दा औसत जवान देखाउँछ।
३)मोटोपन र तनाव बाट मुक्ति।
नियमित साइक्लिङ्गले शरीरमा रगत र अक्सिजन प्रचुर मात्रामा प्रवाह हुन्छ,क्यालोरी पनि नष्ट हुन्छ र मोटो पन कम गर्छ।साथै मस्तिष्क शक्ति सक्रिय भै तनाव घट्दछ ।
४)हाडजोर्नी तथा मांशपेशी मजवुद बनाउँछ।
साईकल नियमित चलाई रहँदा एरोविक कसरत प्रदान हुने हुँदा हाडजोर्नी तथा मांशपेशी मजवुद बनाउँछ ।
५)राम्रो निद्रा पर्छ।शरीरका सबै अंग हरु सक्रिय हुने हुँदा आनन्द र गहिरो निद्रा पर्दछ।
६)यौन क्षमता पनि बढ्छ।आन्तरिक शक्ति मजवुद हुने हुँदा यौन को समय पनि लम्बिन्छ।
काजी पदम
(साइकलिस्ट)
चितवन राईडर्स क्लव