निर्माण सामाग्री हाडर्वयर सघं चितवनले गर्यो राहात बितरण

Posted by

बैशाख १७, २०७७

निर्माण सामाग्री हाडर्वयर सघं चितवनले भरतपुरको बिभिन्न ठाउँमा राहात बितरण गरेको छ ।चिनको बुहानबाट फैलिएको कोरोना भाईरस कोभिड – १९ ले गर्दा यतिबेला बिश्वका धेरै राष्ट्र लक डाउन भएको समयमा नेपाल पनि आज सम्म ३७ दिन पूर्णरूपमा लक डाउन रहेको हुदा यस्तो विषम परीस्थितीमा सघंले भरतपुरको बिभिन्न ठाउँमा रहेका बिपन्न तथा निम्न वर्ग का हाडर्वयरमा कामगर्ने मजदुरहरुमा खाधनको अभाबले समस्या नपरोस भन्नका लागि करीब २०० मजदुरहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको हो ।राहात बितरण अन्तरगत चामल , दाल , नुन , तेल लगाएका मानिसका अत्यबश्यक खाद्यन्न सामाग्रीहरु बितरण गरीएको हो ।

उद्योग वाणिज्य संघ चितवन , भरतपुर १० मा रहेको रक्षक इन्टप्रईजेज र भरतपुर ११ मा रहेको बसेनि चोकमा राहात बितरण गरीएको हो । राहात बितरण कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, निर्माण सामाग्री हाडर्वयर सघंका अध्यक्ष बाबुराम आचार्य ,निबर्तमान अध्यक्ष शिब ओझा ,बरीष्ट उपाध्यक्ष डोलक पुडासैनि ,प्रथम उपाध्यक्ष नरहरी रेग्मी , पुर्व अध्यक्ष बलराम सिटौला ,सघंका सल्लाहाकार तथा सामाजिक ब्याक्तित्व बिजय बहादुर घले, महासचिब सालिक दवाडि , भरतपुर १० का वडाध्यक्ष अरुण पिडित भण्डारी लगायत सामाजिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।पछि पुन लकडाउनको अबस्था हेरेर राहात को अवस्था बुझेर पुन राहात बितरण गर्ने योजना रहेको सघंका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।