निष्कासित पत्रकारको पुनर्बहाली र न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै पत्रकार महासंघको धर्ना

Posted by

काठमाडौं भदौ २४ ।
नेपालपत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना पत्रकारको पुनर्बहाली सँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्रै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको छ ।

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक राम प्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले मंगलबार सिंहदरबार भित्रप्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएको हो । धर्नापछि रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवीपत्रकार ऐन तथान्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजी गरेकाथिए ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सचिव दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशी, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाल लगायतले माग सम्बोधन गर्न रेडियो नेपाल सँग माग गरे ।

उनीहरुले रेडियो नेपालले निष्कासन गरेका डोटीका तीनै जना पत्रकारको पुनर्बहाली गरेर श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे सरकारविरुद्ध अझै आन्दोलन चर्काउने चेतावनी दिए । रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो । रावल १० वर्ष देखि तथा बम र कुँवर विगत तीनवर्ष देखि रेडियो नेपालमा कार्यरत थिए । महासंघले उनीहरुको सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गते सम्म महासंघलाई जानकारी नदिए भदौ २४ गते देखि रेडियो व्यवस्थापन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

नेपालपत्रकार महासंघले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहहरुको नाम सार्वजनिक गरी एक हप्ता भित्रै न्यूनतम पारिश्रमिक दिने बाध्यकारी व्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभाग सँग आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दीलिप थापा मगर सहितको प्रतिनिधि मण्डलले आइतबार विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षणपत्र बुझाउँदै आर्थिक वर्ष २०७६–०७७को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न र नबुझाउने सञ्चार गृहहरुलाई कानुनी रुपमाविवरण बुझाउन बाध्य पार्न आग्रह गरेको हो । महासंघले एक साता भित्रमाग पूरा नभए विभागविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । यसअघि पनि महासंघले गत साउन १९ गते विभाग समक्ष सोही माग राखेको थियो ।

कार्यवाहकअध्यक्षथापामगर र सचिवदाहालले संयुक्त रुपमाबुझाएको ज्ञापनपत्र बुझ्दै विभागकामहानिर्देशकन्यौपानेले महासंघको माग सम्बोधनगर्न विभागलागि पर्ने प्रतिवद्धता व्यक्त गरेकाथिए । ज्ञापनपत्र बुझाउने टोलीमामहासंघका केन्द्रीय सदस्यतथा समिति सहसंयोजकजन्मदेव जैसी, समिति सदस्यहरु यम विरही, मीन बम, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरलगायतकोे सहभागिताथियो ।