नेकपाको सरकार आएपछि देश अस्थिरता तर्फ गयो :कांग्रेस केन्द्रीय सदस्य : प्रदिप पौडेल

Posted by

पटिहानि, पौष २२
नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ (ख) ले अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । प्रधानमन्त्रि केपि शर्मा ओलिले गरेको संसद बिघटनको असंवैधानिक कदमको बिरुद्धमा बर्तमान अबस्थामा नेपाली कांग्रेसको धारणा बिषयक अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरीएको हो । पश्चिम चितवनको पटिहानिमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेकपाको सरकार आएपछि देश अस्थिरता तर्फ गएको बताउनुभयो । नेता पौडेलल जनताको यति धेरै सर्मथन प्राप्त पाटि नेकपाले कहिल्य केहि गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलिले बिकासको हावा कुरा गरेको उहाको भनाई थियो । पौडेलले पहिले सुरु भएका फास्ट ट्याक , सुरुङ मार्ग, मेलम्ची जस्ता योजनाहरुलाई नेकपा सरकारले निरन्तरता मात्र दिएको टिप्पणी गर्नुभयो ।कार्यक्रममा पौडेलले ओलिको रेल कता पुग्यो ? भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलिले भ्रष्टचारी लाई कार्बाहि नगरी संरक्षण गरेको , संवैधानिक सवोच्चतालाई नमानेको , देश विरोधि र विद्रोहि काम गरेको नेता पौडेलको आरोप थियो । एकले अर्कोलाई आरोप लगाउने ओलि , प्रचण्ड र माधब विचको बर्तमान लडाई पदको लागि मात्र भएको भन्दै यो चरित्रले राजनिती नगर्न आग्रह गर्नुभयो । काम चलाउ प्रधानमन्त्रीले मन्त्रीमण्डल बिस्तार गर्न नपाउने भन्दै उहाले ओलि कार्यकारी भएकोले राजीनामा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठले कम्युनिष्टलाइ सत्ता नपच्ने भन्दै केपि ओलीका कारण जनता सडकमा आएको बताउनु भएको छ । कांग्रेस नेकपाको विरुद्धमा नभइ सरकारका कदमका विरुद्धमा सडकमा आएको उहाँको भनाई थियो । सभापति श्रेष्ठले चितवन क्षेत्र नं ३ मा प्रचण्डलाई लखेटने तयारी भैरहेको बताउनुभयो ।गत स्थानिय निर्वाचनमा प्रचण्डले कांग्रेससगँ १० बर्षको गठबन्धन गरेर सोझो सभापतिलाई भ्रममा पारेको उहाले बताउनुभयो । कांग्रेस कसैसगँ नटासिने भन्दै सभापति श्रेष्ठले कांग्रेस एक ढिक्का भएकोमा भ्रममा नपर्न आग्रह गर्नुभयो । कांग्रेसलाई शत्रु ठान्नेहरु आफै समाप्त हुने उहाँको भनाई थियो । चुनाव गराएर कांग्रेसलाई ठुलो पार्टि बनाउन नचाहेका कारण ओलीले चुनाब नगराउने भन्दै अधिनायकबादी शैलीमा विधा भण्डारी राष्ट्रपति र आफु प्रधानमन्त्री बनीरहन संसद विघटन गराएको सभापति श्रेष्ठको आरोप थियो। यस्तै कार्यक्रममा कांग्रेस चितवन जिल्ला निवर्तामान सभापति टेक प्रशाद गुरुङले आफुले बनाएको संविधानको रक्षा गर्नु र असंवैधानिक कदमको विरोध गर्नु अहिलेको आबश्यकता भएको औल्याँउनुभयो । कार्यक्रम नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ (ख) का सभापति लाल बहादुर दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो ।