साउन ८, २०७६
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ससदीय दलको आकष्मिक बैठक बोलाएको छ । संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएको हो । प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । ‘संसदको गतिरोध हटाउने सहमति भइसकेको छ’, उनले भने, ‘हामीले नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका छौँ । नेकपाको उक्त बैठकपछि दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । नेकपा र कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत असार ३० गते स्थगित भएको हो । बल्ल जुट्यो नेकपा-कांग्रेस सहमति, संसद बैठक साढे २ बजे