नेकपा एमाले भरतपुर २१ वडा कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न,, बैठक भोलि हुने वडा अधिबेशनमा केन्द्रित

Posted by

रेडियो प्रभाव,कात्तिक ५

नेकपा एमाले भरतपुर २१ वडा कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । भोलि शनिबार हुने वडा अधिबेशनको पुर्व सन्ध्यामा बैठक बसेको हो ।वडा कमिटी अध्यक्ष कृष्ण श्याम गीरीको अध्यक्षतामा सम्पन्न बैठक पुर्ण रुपमा भोलि हुने नेकपा एमालेको वडा अधिबेशनमा केन्द्रित थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कमिटि सदस्य तथा क्षेत्रिय सचिब दिब्य शर्मा आचार्यले भाबि योजनाका साथ अगाडि बढनुपर्ने बताउनुभयो । हिजोका तिक्तता छोडि नयाँ योजनाका साथ बृहत नेकपा एमाले बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाई थियो । एमाले बाट छुट्टिएर गएका स्थानिय नेता तथा कार्यकर्ताहरु लाई अलमलमा नपरी नेकपा एमालेमै फर्किन आग्रह गर्नुभयो ।उहाँले ब्याक्तिगत चाहाना भन्दा सस्थाँगत चाहाना ठुलो हुने भएकाले क्षणिक मनोकांक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्वतीपुरको मामा भान्जा पार्टि प्यालेसमा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य दिलिप न्यौपाने,जिल्ला कमिटि सदस्य एब्म वडा इन्चार्ज राजु तामाङ, वडा सचिब प्रकाश रावल लगाएतको उपस्थिति रहेको थियो ।