नेकपा एमाले भरतपुर २५ को अध्यक्षमा माधव प्रसाद आचार्य

Posted by

रेडियो प्रभाव,कार्तिक ६
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं २५ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट नेकपा एमाले भरतपुर २५ को अध्यक्षमा माधव प्रसाद आचार्य चयन हुनुभएको छ ।आज सम्पन्न वडा अधिवेशनबाट आचार्यको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।कमिटीको उपाध्यक्षमा कृष्णहरि जमरकटेल, सचिव भिम बहादुर थापामगर, उप सचिवमा रामकृष्ण पुरी र हरी महतो चयन हुनु भएको छ । नेकपा एमाले को आज देशभर एकसाथ वडा अधिवेशन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।