नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल चयन

Posted by

चितवन :  सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल चयन भएका छन् । त्यस्तै जिल्लाको सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी रहेका छन् । इन्चार्ज खनाल साविक एमालेबाट चयन भएका छन् भने अन्य तीन जना सहइन्चार्ज साविक माओवादी केन्द्रबाट रहेका छन् । आइतबार बसेको सचिवालय बैठकले सो टुंगो लगाएको हो । बैठकले ६ ओटा महानगरको इन्चार्ज पनि टुंगो लगाएको छ । भरतपुर महानगरको इन्चार्जमा रेणु दाहाल चयन भएकी छन् ।