नेपालद्वारा एमसीसी पाँच विकेटले पराजित, पवनको अलराउण्डर प्रदर्शन

Posted by

१८ कात्तिक, काठमाडौं । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सहज जित हात पारेको हो । २०२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३७.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाएको थियो । एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।