नेपालमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

Posted by

बुधबार, जेष्ठ ७– नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । नेपालमा आजसम्म ३५ हजार ४९४ जनामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ७५ हजार १२ जनाको आरडीटी परीक्षण गरिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ४ सय ८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।