नेपालमा एकैदिन ७४० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

Posted by

शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।

यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

त्यस्तै कोरोनाबाट ३२* जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लाे समय काठमाडौं नयाँ बानेश्वर बस्दै आएका एक ८५ वर्षीय वृद्धको  असार १७ गते मृत्यु भएकोमा उनकाे पिसिआर परीक्षण गर्दा पाेजेटिभ नतिजा आएकाे हाे।