नेपालमा कांग्रेस र कम्युनिष्टबाहेक अरु दल आवश्यक छैन : नेता रायमाझी

Posted by

गुल्मी कात्तिक २७ –
नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव एवं अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा उम्मेदवार टोप बहादुर रायमाझीले अहिले देशमा भएका सबै वामपन्थी पार्टीबीच एकता गर्न नसके कम्युनिष्टको अर्थ नरहने बताउनुभएको छ । चुनावी प्रचारको शिलशिलामा गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो पार्टी माओवादी केन्द्रको आन्दोलनको मुख्य उद्देश्य नै देशमा भएका सबै कम्युनिष्ट पार्टी एक भई राष्ट्र बनाउनु रहेकोले पार्टी एकताको विकल्प नभएको बताउनुभयो । नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य दलको आवश्यकता नपर्ने भएकोले पार्टी एकता गर्न नसके कम्युनिष्टहरुको अर्थसमेत नहने स्पष्ट पार्नुभयो । ‘देशमा हामी फुटेका कम्युनिष्टहरुबाट कांग्रेसले फाइदा लिएको छ’ उहाँले भन्नुभयो, ‘तर उसले पनि देशलाई गति दिन नसकेको कुरा छर्लङ्ग भयो । त्यसैले वाम एकतामार्फत हामी देशलाई निकास दिन्छौ ।’ नेता रायमाझीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले चुनावमा गलत प्रचार गरेको आरोप लगाउनुभएको छ ।