नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको स‌ंख्या १४ पुग्यो

Posted by

जेठ २६, २०७७ काठमाडौं :  नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।   कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका  ६० वर्षीय पुरुषको  मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।  यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।