नेपालमा पहिलो पटक यार्सागुम्बासम्बन्धी अध्ययन शुरु

Posted by

माघ ६,ललितपुर –
नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि महाशाखा ९नास्ट०ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ । टोलीमा डा जयकान्त राउत, डा रामचन्द्र पौडेल र डा लोकरञ्जन भट्ट रहनुभएको नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ ।”
यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भनिए पनि त्यो हचुवाका भरमा मात्र भएको डा पौडेलले बताउनुुभयो । उहाँले भन्नुभयो, “हामी त्यस सम्बन्धमा अनुसन्धान गरेपछि नै ठोसरुपमा भन्न सक्नेछौँ ।” यार्सागुम्बा संकलकले भनेअनुसार पाटनमा यार्सागुम्बा कम हुँदै गएको छ । यार्सागुम्बाको उत्पादन नै कम हो÷होइन बुझ्न र कम भएका कारण पत्ता लगाई संरक्षणमा लाग्नुपर्ने खाँचो छ । संकलकका कारण पाटनमा अरु खालका बनस्पति मासिए पनि त्यसको संरक्षणको उपायसमेत आवश्यक भएको डा पौडेलले बताउनुभयो । यार्सागुम्बाको स्रोत भएका जिल्लामा आर्थिक मात्रै नभएर सामाजिक जीवनसमेत त्यससँग जोडिएको टोलीका अर्का सदस्य डा भट्टले बताउनुभयो । विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनमा त्यस क्षेत्रमा यार्सागुम्बाले आर्थिक क्रियाकलाप बढाएको उल्लेख छ । “यार्सागुम्बा हिमाली र पहाडी क्षेत्रका लागि वरदान बनेको छ ।