नेपाल इन्भेष्टमेन्ट बैंक पटिहानी शाखाबाट ए टि एम सेवा सुरु

Posted by

अपिल घिमिरे,२८ भाद्र,पटिहानी
आइतवार देखि नेपाल इन्भेष्टमेन्ट बैंक पटिहानी शाखाले ए टि एम सेवा शुरु गरेको छ। भरतपुर २२ का वडाध्यक्ष विष्णु राज महतोले आइतवार बैंकको शाखा रहेको स्थान बिरेन्द्रनगर टाउनबाट सेवाको उद्धघाटन गरेका छन् । झन्डै ५००० सेवाग्राही रहेको यस शाखा बाट ३००० जनाले ए टि एम कार्ड लिएका छन। उद्धघाटनका दिन आज ४० जनाले ए टि एम कार्ड प्रयोग गरेको बैंक शाखा प्रबन्धक धर्म चन्द्र ढुङगानाले बताए । यस बैंकबाट पटिहानि , जगतपुर , शिबनगर , पार्वतिपुर लगाएतका क्षेत्रका ग्रहकहरुले बित्तिय सेवा प्राप्त गरेका छन । कृषि ब्याज अनुदानको लोन , ब्यावसायीक लोन ,साधारण बचत, संस्थागत बचत जस्ता कृयाकलाप हुने गरेको प्रबन्धक ढुङगानाले बताए । यस सगैँ इन्भेष्टमेन्ट बैंकले मुलुक भर १२५ स्थानबाट ए टि एम सेवा दिएको छ।