नेपाल एक दिवसीय वरीयतामा एक स्थान तल

Posted by

असोज ८, २०७६ नेपाल आइसिसी पुरुष एक दिवसीय टोलीको वरीयतामा एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले बुधबार सार्वजनिक गरेको यस महिनाको वरीयतामा नेपाल १७औं स्थानमा झरेको हो। नेपाल अघिल्लो बरियतामा १६ औं स्थानमा थियो। ८ खेलमा १९ रेटिङ रहेको नेपालले १ सय ५२ अंक पाएको छ।

यो वरीयतामा नेपालभन्दा माथि ओमान, नामिबिया, स्कटल्यान्ड, नेदरल्यान्ड्स, जिम्वाबे, आयरल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, पाकिस्तान रहेका छन्। वरिीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ। भारत, न्यूजील्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा छन्। नेपालभन्दा पछाडि अमेरिका १८ औं, यूएई १९ औं र पपुवा न्यूगिनी २० औं स्थानमा रहेका छन्। आइसिसीको टी-ट्वेन्टी वरीयतामा भने नेपाल यथास्थानमा रहेको छ। १८ टी-ट्वेन्टी म्याचबाट नेपालको २८ सय १८ अंक र २ सय १ रेटिङ रहेको छ। पुरुष टी-ट्वेन्टी वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। यस्तैगरी इंग्ल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ। टी-ट्वेन्टी वरीयतामा नेपालभन्दा पछाडि स्कटल्यान्ड, यूएई, आयरल्यान्ड, जिम्बाबे रहेका छन्।