नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवनगरको रेडक्रस अभियान,रक्तदान तथा प्राथमिक उपचार सम्बन्धि सचेतना कार्यक्रम

Posted by

अपिल घिमिरे ,शिवनगर

नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवनगरको आयोजनामा रेडक्रस अभियान,रक्तदान तथा प्राथमिक उपचार सम्बन्धि सचेतना कार्यक्रम चलिरहेको छ। विहिवार भरतपुर १४ को खगेरी सिंचाई योजना को कार्यालय शिवनगरमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहनुभएको छ। कार्यक्रम लाई शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि न्यौपानेले शिवनगर उपशाखा ले पछिल्लो समय रेडक्रस को क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको चर्चा गर्नु भयो। गत वर्ष सबै भन्दा धेरै विशिस्ट र यासस्कर सदस्य थप्न सफल रहेको मा बधाई दिनु भयो। उहाँले रक्तदानको महत्त्व वारे आफ्नै परिवारमा घटेको घटना स्मरण गर्दै रगत दान जस्तो महान कार्यमा सबै लाग्न र आज प्रशिक्षण लिनेहरुले रेडक्रसको आवस्यकता बारे घरघरमा चर्चा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा ६५ जनाले प्रशिक्षण लिइरहेका छन्। प्रशिक्षण कार्यक्रममा रेडक्रस सोसाइटी शाखा चितवनका उप सभापति बिदुर के सी र गीतानगर उपशाखा का सभापति रुद्र अधिकारीले प्रसिक्षण दिइ रहनु भएको छ। कार्यक्रमा मा शिवनगर उपशाखाका निवर्तमान सभापति गोबिन्द शर्मा, पुर्व सभापति तारानाथ बराल नव निर्वाचित सभापति भिम बहादुर थापा सस्थापंक गुणराज पाठक को उपस्थिति रहेको छ।