नेपाल रेड्क्रस सोसाईटी उपशाखा पार्वतीपुरमा माघ ७ गते रक्तदान हुने

Posted by

२४ पौष, पार्वतीपुर
पश्चिम चितवनको पार्वतीपुर मा आगामी माघ ७ गते वृहत रक्तदान आयोजना हुने भएको छ। शनिवार रक्त दाता उत्प्रेरणा कार्यक्रमको आयोजना गरि रक्तदान वारे जानकारी गराइएको हो। उत्प्रेरणा कार्यक्रमका प्रमुख अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारीले रक्तदान र यस को मानवीय महत्वको विषयमा सबैले बुझेर सहयोग गर्न वाड वासी लाइ आग्रह गर्नु भयो। साथै उहाँले वार्ड को तर्फ बाट रेडक्रस लाइ आवश्यक सहयोग पुर्याउने बताउनुभयो।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि चितवन शाखा सदस्य तथा कोओर्डिनेटर एवं केन्द्रिय प्रशिक्षक चिजकुमार आले , प्रविधिक प्रशिक्षक विश्व सापकोटाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नवराज बराल, टिकाराम दाहाल, हरिहर शर्मा पौडेल बेलबहादुर थापा लगाएतले मन्तव्य राख्नुभएको थियो । ने.रे.सो. उपशाखा पार्वतीपुरका उपसभापति लेखनाथ बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सचिब कृष्ण प्रसाद गौतमले सञ्चालन गर्नुभएको हो । कार्यक्रम ने.रे.सो.उपशाखा पार्वतीपुरका सभापति रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।आगामी माघ ७ गते वृहत रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटि उपशाखा पार्वतीपुरको आयोजनामा हुन लागेको हो । रक्तदान कार्यक्रमको सहआयोजक पार्वतीपुर वजार विकास सामुदायिक संस्था, निरन्तर पार्वतीपुर, दिदी वहिनी आमा समुह,कञ्चन समाज विकास परिषद्,रेडियो प्रभाव ९२.४ मेघाहर्ज ,सक्षम हेल्थ क्लिनिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *