नेविसंघ भलिबलको उपाधि काली बहादुर गण र चुलोको पोल्टामा

Posted by

on: May 18, 2019In: राष्ट्रियNo CommentsPrintEmail

नेविसंघ भलिबलको उपाधि काली बहादुर गण र चुलोको पोल्टामा

Share0TweetShare0

चितवन, 5 जेष्ठ ।
पश्चिम चितवनको शिवनगरमा भएको नेविसंघ खुल्ला भलिबल प्रतियोगीताको उपाधी चुलो र काली बहादुर गणले जितेका छन् । आज भएको फाईनल प्रतिस्पर्धामा विवाद भएपछि आयोजक नेविसंघ भरतपुर १४ ले प्रकृयागत रुपमा प्रथम र दोस्रो पुरस्कार राशी एक आपसमा बाडिदिएको हो । काली बहादुरले २ सेट जितेको थियो भने चुल्होले १ सेट जित्दै गर्दा अन्तिम सेटमा २४¬ २४ को बराबरी भएपछि विवाद उत्पन्न भयो र विवाद बढ्दै गएपछि आयोजक पुरस्कार बाड्न बाध्य भएको हो । व्याम्बोलाई हराउदै चुलो र नेविसंघ भरतपुर १४ लाई पराजित गर्दै कालि बहादुर गण फाईनलमा प्रवेश गरेको हो ।

यस्तै सान्तव्ना पुरस्कार नेविसंघ भरतपुर १४ ले प्राप्त गरेको छ । अर्को सान्तव्ना भने फ्रिज भएको छ । व्याम्बोले खेल भावना विपरित मैदान छाडेको भन्दै सान्तव्ना पुरस्कार नदिइएको आयोजक नेविसंघ भरतपुर १४ का सभापति विजय मल्लले जानकारी दिनुभयो । समापन समारोहमा भरतपुर महानगर उपप्रमुख पार्व्ति शाह ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार राशी ३१ हजार १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सान्तव्ना २ समुहलाई १० र १० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र दिने घोषणा गरिएको थियो । भरतपुर १४ हनुमाननगर खेल मैदानमा जेष्ठ १ देखि भएको खेलमा १३ समुहको सहभागिता रहेको थियो । खेलको नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले उद्धघाटन गरेका थिए । प्रतियोगीता सम्पन्न गर्न ३ लाख ५० हजार लागेको आयोजकले बताएको छ ।