पटिहानीको बनकट्टामा थारु परिकार सहितको थारु फेमिली मिनी अम्ब्रेला कटेज संचालनमा

Posted by

पौष २ ,पटिहानि,अपिल घिमिरे (फोटो फिचर)
पछिल्लो समय सरकारले सयौं पर्यटकीय गन्तव्यको सुचिमा सूचित गरेको पटिहानी क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल बढे संगै खाजा घर तथा कटेजहरु खुल्न थालेका छन। थारु वासिन्दाको वाक्लो वस्ती रहेको पटिहानीको बनकट्टामा बिहिवार देखि थारु फेमिली मिनी अम्ब्रेला कटेज संचालनमा आएको छ। थारु आदिवासीले आफ्ना चाड पर्व हरुमा तयार पर्ने बिशेष खालका स्वादिला परिकार हरु पकाउने र पर्यटकलाई खुवाने गरि कटेज संचालनमा ल्याइएको संचालक राजु महतो ले जनाए। चिचर,घोंगी ,हाँस तथा लोकल कुखुरा,माछा,ढिक्कर रोटि लगाएतका ताजा र स्वस्थकर परिकार पाइने यो कटेज अम्ब्रेल्ला स्ट्रेट जाने बाटोमा पर्दछ। छ दाजु भाई मिलेर संचलन गरेको यो कटेज बाट आय आर्जन मा मदत पुग्ने र थारु संस्कृतिका परिकारको समेत प्रचार र संरक्षण हुने बिस्वाश लिइएको छ ।।

चिचर
घोंगी
थारु घर
थारु परीकार बनाउदै युवतीहरु
माछा
ढिक्कर रोटि