पटिहानीमा पर्यटकको घुइँचो,व्यवसायी उत्साहित

Posted by

अपिल घिमिरे
कोराना कहरले थलिएको पर्यटन व्यवसाय उकालो लाग्दै गर्दा पश्चिम चितवनको पटिहानी पर्यटकले भरिन थालेको छ। दशैं बिदा को घुम्ने गन्तव्यमा आन्तरिक पर्यटक को रोजाइमा घटगाईको अम्ब्रेला स्ट्रिट पनि परेकोछ। कोरोना ले बन्द हुन भन्दा अघि दैनिक तीन हजार देखि पाँच हजार सम्म पर्यटक आउने गरेका थिए। यो क्षेत्रमा फेरी चहलपहल शुरु भएको अम्ब्रेला व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताए। छिमेकी जिल्ला नवलपरासी, मकवानपुर लगायतका विभिन्न जिल्लाबाट पर्यटकहरुले अवलोकन गर्ने गरेका छन्। लहरै झुण्डाइएको छाता, सेल्फि पोइन्ट, वाटर फाउन्टेन, र विशेषगरी राप्ती किनार र निकुञ्जको मनोरम दृश्य हेर्न पर्यटक आकर्षित भएको भरतपुर २२ का वडाध्यक्ष विष्णु राज महतोले बताए। पटिहानी क्षेत्र निकुञ्जको काखमा रहेको, आदिवासी थारूको संस्कृति जिवितै रहेको र शान्त र प्राकृतिक सुन्दरता रहेकाले पर्यटकीय गन्तव्य को रुपमा विकास हुँदै गएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले जानकारी दिए।

एेतिहासिक छितामाइ क्षेत्र, कमलपोखरी पार्क,थारु वस्ती र स्थानीय स्वादिष्ट खाना तथा भोजनको परिकारले पटिहानी क्षेत्रको पर्यटन गतिशील भएको पटिहानी मध्यवर्ती क्षेत्र का अध्यक्ष शंकर महतो ले बताए।हात्ती, जीप सफारी, जंगल वाकिङ , डुङ्गा शयर, गाडा शयरमा पर्यटक झुम्मिन थालेको छन्।घुम्ती रिभेराका सन्चालक लक्ष्मण पौडेलले दशैंको माहोल सँगै पाहुना हरु पनि थपिन थालेको मा उत्साह प्रकट गरे, होटल फाल्कोन तथा रुरु पार्क रिसोर्ट सञ्चालन गरि पर्यटक लाई स्वागत गरेको व्यवसायी बलराम पौडेल बताउँछन् ।फूलपाती कै दिन अम्ब्रेला भित्र सन्चालनमा आएको सिद्दि विनायक इको रिसोर्टमा पर्यटकको राम्रो उपस्थित भएको र आफू उत्साहित भएको सन्चालक छवि राम पौडेल ले बताए।