पटिहानीमा प्रचण्ड को डुंगा शयर

Posted by

अपिल घिमिरे, मंसिर १० ,पटिहानी चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्ड ले सोमबार पटिहानी को भ्रमण गरेका छन। भरतपुर महानगर प्रमुख रेणु दाहाल साथमा रहेकी थिईन।सोमवार भरतपुर १६ को उप निर्वाचन को चुनावी सभालाई सम्बोधन गरे पश्चात प्रचण्ड आरामको लागि पटिहानी पुगेका हुन्। प्रचण्ड ले राप्तीमा केहि बेर डुङ्गा शयर गरेका थिए ।उनकै पहलमा पटिहानी पर्यटकीय गन्तव्यको सयौ सूचिमा सूचिकृत भएको थियो । आफ्नो चुनाव क्षेत्र अधिकांश पर्यटन क्षेत्रमा पर्ने भएकोले प्रचण्ड पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रममा सहभागि हुने गरेकाछन ।यस अघि प्रचण्डले पटिहानीमा राष्ट्रिय पुरुष भलिबल र प्रथम मेयर कप आमन्त्रण भलिबलको उद्घाटन गरि सकेकाछन।सोहि कार्यक्रम मार्फत भलिबललाई राष्ट्रिय खेल बनाउने उद्घोष समेत प्रचण्डले गरेका थिए ।

पटिहानीमा भ्रमण वर्ष २०२० तयारी

पटिहानी लाई पर्यटकीय गन्तव्यको घोषणा संगै यहाँका बासिन्दाहरू खुशि र उत्साहित छन। व्यवसायीहरू पर्यटकलाई आकर्षित गर्ने खालको योजनामा जुटेका छन्। पूरै प्याकेजमा कसरि बिशेष छुट दिने साथै भरपुर मनोरञ्जन र सुरक्षित घुमाइ कसरि गर्ने बारे छलफल गरिने पश्चिम चितवन होटल व्यवसायी संघका अध्यक्ष गणेश पौडेल ले बताए । भ्रमण वर्ष लाई लक्षित गरि गेट,बोर्ड, स्टिकर लगाएतका विज्ञापन सामाग्री हरू तयार गरिनु पर्ने होटल एशोसिएशन पटिहानीका अध्यक्ष साजन कुमार महतोले जनाए। भरतपुर २२ का वडाध्यक्ष बिष्णु राज महतोले पटिहानी लाई ईको टुरिजम को रूपमा विकास गर्दै लगिने बताए ।नेपाल कै आकर्षक को रूपमा अम्ब्रेला स्ट्रीट बन्दै गरेको र केही समय भित्र थारू संस्कृति प्रदर्शन को हल समेत निर्माण हुने अध्यक्ष महतोले बताए ।

नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्ष को रूपमा मनाउन लागेकोले पटिहानी क्षेत्र को पर्यटन विकासमा सबै संग सहयोगका लागि वडाध्यक्ष महतोले अपेक्षा समेत गरेका छन ।