पटिहानीमा सयपत्री व्यापार, व्यवसायी उत्साहित

Posted by

अपिल घिमिरे, चितवन , कार्तिक ११ ,

पटिहानीमा यति बेला सयपत्री को व्यापार ह्वात्तै बढेको छ ।तिहार लागे संगै यहाँका पुष्प व्यबसायी व्यस्त छन् । भरतपुर महानगरपालिका वार्ड नम्बर २२ ले वार्ड भित्रका १२ वटा समूह लाई सयपत्री को व्यवसायिक तालिम प्रदान गरेको थियो । अहिले ६ वटा समूह हरूले सकृय रूपमा खेति गरिरहेका छन। वार्ड भित्र करिब तीन बिगाहाको क्षेत्रफलमा व्यवसाय सञ्चालन गरिएको छ ।गत बर्ष बजारको उचित ब्यवस्थापन हुन नसके पनि यस बर्ष ग्राहक हरू बोटमै सयपत्री लिन आएको र माग अनुसार पुर्याउनै कठिन भएको भरतपुर २२ का वडाध्यक्ष विष्णु राज महतो ले बताएका छन। भरतपुर महानगरको मेयर संग युवा कार्यक्रम मार्फत प्राप्त एक लाख र स्थानीय समूह हरूको सहयोग मा व्यवसाय सञ्चालनमा आएको नारी एकता पुष्प खेती समूह का अध्यक्ष पुष्पलता अधिकारी ले बताईन ।

गत बर्ष तीन कठ्ठा मा लगाइएको सयपत्री बिक्री बाट करिब एक लाख रुपैयाँ आम्दानी भएको र यसपटक राम्रै आम्दानी हुने अध्यक्ष अधिकारी को विश्वास रहेकोछ । सयपत्रीको प्रतिकिलो रू २५० पर्दछ र उनेको मालालाई किन्नु परेमा प्रति गोटा रू ७० पर्ने स्थानीय गणेश राज लामिछानेले वताए । सयपत्री को माला तिहारमा मात्रै नभई समाजिक सभा समारोहमा पनि खपत हुने हुँदा यसको माग बढेको हो।