पटिहानी को ॐ शान्ति चिया पसल मेहनतको २० बर्ष

Posted by

पौष १६, रेडियो प्रभाव,

बिहान ५ नबज्दै भरतपुर २२ पटिहानी को ओम शान्ति चिया पसल सुरु हुन्छ ।चिया पसल का संचालक हरि बास्तोला र सरस्वती बास्तोला एक बिहानै सेवा मा जुटीहाल्छन् ।नारायणगढ माडी ठोरी सडक मा पर्ने पटिहानी बजार पश्चिम चितवनको पुराना बजार हो।बिहानै देखि दुध बिक्रि गर्न आउने हरु,मर्निग वाकमा आउनेहरु ,र बजार भर्ना आउने हरू को बिश्राम स्थल बनेको छ यो चिया पसल ।स्थानीय स्तर का राजनीतिक ,सामाजिक व्यक्तित्व देखि केन्द्र स्तरका नेता हरुले पनि याँहा चिया पिउने गरेका छन् ।


२० वर्ष अघि २०५६ सालमा बास्तोला दम्पति ले सुरु गरेको चिया व्यबसाय नमुना बनेको छ।दैनिक २० लिटर दुध को चिया बिक्रि हुने गरेको बास्तोला बताउछन ।३ रुपियाँ प्रति कप हुँदै ५ र अहिले १५ प्रति कप चिया मूल्य भएको उनको अनुभव छ।पसल बाट सिजन अनुसार र माग अनुसार ब्ल्याक टी,मिल्क टी,कफी उपलब्ध हुने गरेको छ।
चिया मात्र नभई दिउँसो को नास्ताको पनि तयारी गरिन्छ।साकाहारी खाजा स्वादिलो र ताजा पनि हुने भएकाले बास्तोला दम्पति लाइ भ्याईनभ्याई छ।चाउमिन,समोसा,पकौडा,नमकिन,तरकारी आदि यहाका लोकप्रिय नास्ता हुन्।गर्मीको याममा दहि ,चिउरा र केरा खाजा बढी चल्दछ।
पेशा ले बास्तोला कुक हुन्।स्थानीय सफारी नारायणी होटेल देखि बिदेशका तारे होटेल सम्म को अनुभव लिएका हरि बास्तोला मेहनत ले सफल हुने कुरामा बिश्वास राख्दछन।पुर्व प्रधानमन्त्रि सुशील कोइराला ,माधब नेपाल,प्रचण्ड,पूर्व गृह मन्त्रि बामदेब गौतम लगायत ले पसलमा अवलोकन गर्दा खुसि भएको व्यक्त गर्दछन।


सफा,ताजा र स्वस्थकर नास्ता तयार गरेर सेवा गर्न पाउँदा आनन्द लागेको छ,पसल मा हुने मिठा गफ र छलफल ले काम गरेको थाहानै नहुने उनि बताउछन।
लगातारको मिहिनेत ले २/४ हजार जम्मा गर्न पनि सकिने र सामान्य घर चलाउन समस्या नभएको ले चिया बेच्दा खुसि छन् बास्तोला।

बास्तोला को काम लाइ उनकी श्रीमती सरस्वती बास्तोला ले सघाउछिन। दुवै जना बिहान ५ बजे बाट बेलुकी ७ बजे सम्म निरन्तर सेवा मा व्यस्त रहन्छन।


सबै खुसि रहनु,स्वस्थ रहनु र मिलेर काम गर्नु,एक पटक ओम शान्ति चिया पसल पटिहानी पस्नु :बास्तोला आग्रह गर्दछन।

लेखक अपिल घिमिरे (स्टेशन म्यानेजर )