पटिहानी क्षेत्रका होटल तथा रेस्टुरेन्ट शुरु गरिने,अम्ब्रेला स्ट्रिट अझै नखुल्ने

Posted by

पटिहानी, १४ असोज

पटिहानी क्षेत्रका होटल तथा रेस्टुरेन्ट हरु सञ्चालनमा आउने तयारी रहेका छन्। बुधबार यहाँ स्थित सरोकार वालाहरु विचको छलफल ले कोरोना संक्रमणका कारण शिथिल बनेको यहाँको पर्यटनका गतिविधि पुन सन्चालन गर्ने निर्णय गरेको हो। बाग्मती प्रदेशका सांसद रामलाल महतोले नेपाल सरकारको स्वास्थ्य मापदण्डमा रहेर विस्तारै गतिविधि शुरु गर्न सुझाव दिनुभएको थियो। भरतपुर २२ का वडाध्यक्ष विष्णु राज महतोले धेरै भिड हुने कारणले चर्चित अम्ब्रेला स्ट्रिट अझै नखुल्ने बताउनुभयो। क्षेत्रीय होटल संघ पश्चिम सेक्टरका अध्यक्ष गणेश पौडेल ले निकुञ्जमा हात्ती चरणको ब्यवस्था हुनु पर्ने, जीपसफारी जङ्गल सफारी ,डुङ्गा सवार लगाएतका गतिविधिमा प्रवेश शुल्क छुट हुनु पर्ने माग राख्नुभएको थियो। साथै जङ्गली जनावर प्रत्यक्ष देखिने समयमा जिप सफारी अनुमति दिनु पर्ने पौडेलको भनाई थियो।कार्यक्रममा व्यवसायी हरुको व्यवसाय चौपट भएको विषयलाइ लिएर समेत गरिएको पटिहानी पर्यटन र विकास समितिका अध्यक्ष शंकर थपलियाले बताउनुभयो। उहाँले कसरा रिसोर्टले तीस प्रतिशत छुट प्याकेज उपलब्ध गराउने भएको र अरु होटल तथा रेस्टुरेन्ट हरुले पनि प्याकेज उपलब्ध गराउने गरि तयारी भइरहेको बताउनुभयो। कार्यक्रममा पटिहानी पर्यटन विकास समितिका उपाध्यक्ष साजन कुमार महतो, सचिव सुमन ढकाल लगायतको उपस्थिति रहेको थियो।