अपिल घिमिरे, पटिहानी, 18 जेठ,
अर्चना बाबाको शुभजन्मोत्सव को अवसरमा पटिहानी पर्यटक प्रहरीलाइ शनिबार सहयोग गरिएको छ। यहाँ स्थित क्लिनिक सञ्चालक कविराज महतोले एन नाइन फाइभ मास्क, पि पि ई, ह्यण्ड स्यानिटाइजर, स्प्रे ग्लोब्स प्रदान गरेका हुन्। पछिल्लो समय संक्रमण बढेसँगै सुरक्षाकर्मीको सक्रियता पनि बढ्ने हुँदा सुरक्षाको लागि सामाग्री प्रदान गरेको महतोले बताए। वार्ड परिसरमा रहेको थारु कल्याणकारिणी सभाको सङ्ग्रहालयलाइ क्वारेन्टाइन बनाएपछि पटिहानी पर्यटन प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ।