पटिहानी र बगौडामा कभर्डहल बन्दै

Posted by

अपिल घिमिरे
चितवन ७ कार्तिक –
तीन प्रदेश ले चितवनको पटिहानी र माडी बगौडामा कभर्डहल निर्माण कार्य शुरू गरेको छ।
प्रदेश नं तीन को चितवन क्षेत्र नम्बर तीन ख अन्तर्गत भरतपुर महानगरपालिका को २२ नम्बर वार्ड र माडी नगरपालीका वार्ड नम्बर तीनको बगौडामा एकै साथ हल बन्न लागेको हो।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत खेलकुद शिर्षक को बजेट मार्फत कार्य थालनि गरिएको प्रदेश सांसद रामलाल महतोले जनाएका छन। आर्थिक वर्ष ०७५/०७६ को बजेटबाट पटिहानी लाई एक करोड र माडीलाई दुई करोड बिनियोजन गरिएको र आगामी बर्ष नियमित बजेट विनियोजन गरि कार्य सम्पन्न गरिने सांसद महतोले बताए ।


४९ मिटर लम्बाइ र ४४ मिटर चौडाइमा करिब २२०० जनाको क्षमताको प्याराफिट सहितको हल निर्माण गर्न लागिएको छ । ले आउट तयार गरि काम समेत थालनी भैसकेको भरतपुर २२ का वडाध्यक्ष बिष्णु राज महतोले बताए । खेल पर्यटनको सम्भावना भएको पटिहानीमा खेल गतिविधि बढाएर आन्तरिक पर्यटनलाई बृद्धि गर्न कभर्डहल निर्माण ले मद्दत पुग्ने वडाध्यक्ष महतोले बताए । पटिहानीमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुदै आइरहेको छन् । यसरी कभर्डहल नै बन्ने भए पछि स्थानिय हरु उत्साहित भएको पटिहानी खेलकुद परिषद्का सल्लाहकार संयोजक रामहरि सेढाई लाई बताएका छन् ।


यस्तै यसै आर्थिक बर्षमा चितवनको तीन नम्बर क्षेत्रको प्रदेश ख मा चालु आर्थिक वर्ष भित्र प्रदेश पूर्वाधार विकास र प्रदेश सरकारको लगानीमा करिब २६ करोड को योजना सम्पन्न गरिने भएकोछ । प्रदेश ख भित्र पर्ने भरतमहानगरपालिका र माडी नगरपालिकामा पर्यटन, शिक्षा,तटबन्ध, कालोपत्रे, सिचाई, डिप बोरिङ निर्माणका लागी पूँजी लगानी गरिएको वताइएको छ ।