पटिहानी शिक्षक कर्मचारी मिलन केन्द्रको १२ औ बार्षिक साधारण सभा सम्पन्न

Posted by

आईतवार फागुन ०४ , चितवन :
पटिहानी शिक्षक कर्मचारी मिलन केन्द्रको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष सूर्यराज बरालको सभापतित्व र बि.ब्य.स.मा.बि.गंगानगरका अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा ११ जना सेवानिवृत्त शिक्षक,१६ जना उत्कृष्ट बिद्यार्थी र २२जना नव प्रबेशी शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो । कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन लगायत बिबिध बिषयहरु पारित भएको छ ।

मिलन केन्द्रका उपाध्यक्ष बिष्णुहरि घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित सेवा निवृत्त शिक्षकबाट कल्पना सापकोटा,मार्कण्ड दवाडी, नवप्रबेशीबाट शिब अधिकारी ,सहभागीको तर्फबाट नवीनप्रकाश पंडित,अतिथि जनप्रदीपन आ.मा.बि.का प्राचार्य सोमराज महतो,ब्राईट स्टार आ।मा।बि।का प्राचार्य ईश्वरबहादुर अधिकारी,अमर मा.बि.का प्रधानाध्यापक उमानाथ सापकोटा, बिशिष्ट अतिथि नेपाल शिक्षक महासंघका जिल्ला सह—अध्यक्ष गुरुप्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मेघा फन पार्क देवचुली नगरपालिका दुम्कौलीमा साबिक पटिहानीका सामुदायिक एवं सस्थागत बिद्यालयबाट करिब १५० जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम सञ्चालन समितिका सचिब सरोज थपलियाले सहजिकरण गर्नुभएको थियो।