पत्रकार पुडासैनीको मृत्यु प्रकरणः रवि लामिछानेसहित तीनै जनाको लिइयो बयान

Posted by

चितवन, सोमवार, भदौ २, २०७६- पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको आज पनि बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालय पु¥याइ आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।