पत्रकार शालिकराम मृत्यु प्रकरण, सुसाइड नोट फेला

Posted by

साउन २२, २०७६ चितवन : भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटना भएको २४ घन्टा पुग्नै लाग्दा भेटिएको सुसाइड नोट कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक शालिकरामको मोबाइलमा सुसाइट भिडियो फेला परेको छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भिडियो भेटीएसँगै मंगलबार साँझ काठमाडौं लैजाँदै गरेको शालिकरामको सव भरतपुर अस्पतालमै राखिएको छ।  मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञबहादुर कार्की प्रहरी नियन्त्रणमा छन्।  शालिकराम भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमबार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनका परिवारले घटना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।  उनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए।