पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

Posted by

असार १८, २०७५
रोल्पा –
लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ ।रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।