पर्वतको लुंखुमा जिप दुर्घटना ! २ को ज्यान गयो,४ जना घाईते !

Posted by

  •  ८ असार, २०७६


पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीप दुर्घटनामा  २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । 
पर्वतको कुश्मादेखि महाशीला गाउँपालिका वडा नं. ३ बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ नम्वरको जीप लुंखुबजार भन्दा केही तल खोल्सामा दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा महाशीला गाउँपालिका वडा नं ३ बस्ने ५० बर्षिय कृष्णगोपाल गुरुङ र एक महिला रहेका छन । मृतक गुरुङ्ग स्थानिय बालारानी माबिका शिक्षक हुन् भने महिलाको सनाखत हुन सकेको छैन । उनि सोहि बिद्यालयमा भवन निर्माणमा कार्यरत मज्दुर रहेकी छन । 
घाइतेहरुमा जीप चालक पर्बतको पैँयु गाउँपालिका वडा नं ७ बस्ने ३५ बर्षिय प्रविण गुरुङ र महाशीला गाउँपालिका–३ बस्ने ३३ बर्षिया लक्ष्मी रानालाई उपचारका लागि पोखरा पठाइएको छ । त्यस्तै बालाकोट कै ३५ का दिपक गुरुङ र २८ बर्षिय खुमबहादुर गुरुङ्गको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुदेउरालीमा प्राथमिक उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । 
लुंखुस्थित बाणिज्य बैंकमा आएर घर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेका छन । सडक चिप्लो भएका कारण जीप सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो । 
दुर्घटनाको खबरसँंगै महाशीला गाउँपालिकाको गाउँसभा स्थगन गरिएको छ । गाउँसभामा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट माथि छलफल भैरहेको समयमा दुर्घटनाको खबरसँंगै गाउँसभा स्थगित गरिएको गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उच्चैले जानकारी दिनुभयो  ।