पश्चिम चितवनको अमृतनगरमा रुरल कप क्विज सम्पन्न

Posted by

माघ १६, अमृतनगर
चितवनको पश्चिमि क्षेत्रमा शैक्षिक गन्तव्यको रुपमा आफ्नो परिचय बनाउदै गरेको रुरल एजुकेसन प्रा.लि. भरतपुर २५ अमृतनगरले आफ्नो स्थापनाको पहिलो वार्षिक उत्सवको अबसरमा रुरल कप क्विज प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा ७ वटा विधालयका १२ टिमको सहभागिता रहेको थियो । माध्यमिक तहका विध्यार्थीहरुको सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रुरल एजुकेसनका प्रबन्ध निर्देशक बिकास घिमिरेले जानकारी दिनुभयो । साथै बिधार्थि लक्षित अन्य कार्यक्रमहरु पनि सस्थाँको योजनामा पर्ने घिमिरको भनाई थियो । प्रतियोगितामा प्रथम हुदै प्रभात माबि शुक्रनगरले नगद ७ हजार र प्रमाणपत्र साथै दोश्रो हुने टिम मदरल्याण्ड इङलिस स्कुल शुक्रनगरले नगत ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा जनज्योती माध्यमिक बिधालय अमृतनगरका पुर्व प्रध्यानाध्यापक तुलसी प्रसाद घिमिरेले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।रुरल एजुकेसनमा हाल मन्टेश्वरी पढाइ, सिटिइभिटिका कक्षाहरु र बिभिन्न लेभलका ट्युसन तथा कोचिङका कक्षाहरु सञ्चालनमा रहेका छन् । प्रतियोगिता रुरल एजुकेसन प्रा.लिका प्रबन्ध निर्देशक बिकास घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।