पश्चिम चितवनको जगतपुरमा फुटसल प्रतियोगिता सुरु

Posted by

रेडियो प्रभाव,मङसिर १७

पश्चिम चितवनको जगतपुरमा शिक्षक मैत्रिपूर्ण फुटसल प्रतियोगिता शुरु भएको छ । संस्थागत बिद्यालय समन्वय बोर्ड (ISCOB)को आयोजनामा ब्लु वर्ड इ. स्कुल जगतपुरको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । इस्कोबमा आबद्ध ३२ बिद्यालयहरु मध्ये १७ ओटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत आज समूह चरणका खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । नकआउटको आधारमा भएको प्रतियोगिताको दोस्रो दिन भोलि शनिबार दोस्रो चरणका खेलहरु सेमिफाईनल र फाइनलका खेल हुनेछन् । यसै बिच कार्यक्रममा एउटै निजि विद्यालयमा लगातार २० बर्ष सेवा दिने शिक्षक तथा कर्मचारीहरु लाई सम्मान गरिएको छ । कार्यक्रममा ४३ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । इस्कोबका अध्यक्ष हर्क चापागाईं को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन बाग्मती प्रदेश सदस्य नवराज भट्ट रहनु भएको थियो । कार्यक्रममा भरतपुर २३ का वडाध्यक्ष नरीनारायण पौडेल, ब्लु वर्ड इ. स्कुलका बिधालय ब्यबास्थापन समिति अध्यक्ष शिबलाल गिरी, ब्लु वर्ड इ. स्कुल शिक्षक अभिभावक सघं अध्यक्ष पदमपाणी पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा इस्कोब सचिव बिष्णुहरी अधिकारीले सहजिकरण गर्नुभएको थियो ।