पश्चिम चितवनमा खसी बाख्रा चोरीको बिगबिगी एकै रातमा दुइ लाखका बाख्रा हरायो।

Posted by


आषाढ २०,२०७७
अपिल घिमिरे,पार्वतीपुर
भरतपुर महानगरपालिकाको पश्चिम चितवनमा खसी तथा बाख्रा चोरीको बिगबिगी बढेको छ।गएको १ महिनामा झन्डै पाँच लाख मूल्य बराबरका खसी बाख्रा हराइसकेका छन। भरतपुर महानगरपालिका को १४,२२,२४,र २५ वार्ड का किसान हरुको खोर बाट चोरि भएका हुन। भरतपु १४ का भुवन भण्डारीको घरबाट सत्तरी हजार पर्ने उन्नत जातका दुइ वटा ब्याउने बाख्रा हराएका छन। त्यस्तै भरतपुर २२ का बल वहादुर परियारका दुइ वटा उन्नत जातका खसी चोरि भएको छ । गएको असार ५,६ र ११ गते रातिको समयमा चोरी भएको उनीहरुले बताएका छन। जेष्ठ १६ गते राति भरतपुर २५ मा तिल कुमारी को खोर बाट करीब ३० किलो को २ ओटा खसि चोरी भएको छ।असार १४ गते राति भरतपुर २५मै बुधनि थारुको १ ओटा बाख्रा चोरी भएको ।सोहि रात भरतपुर २५ मै शान्ति बोटेको एउटा ब्याउने माउ बाख्रा चोरी भएको थियो
गएराती अर्थात् असार १९ गते भरतपुर २२ का संजिव सिंह को घरबाट उन्नत जातका २ वटा ब्याउने बाख्रा र ३५ किलोको एउटा खसी चोरी भएको छ। सोहि वार्डका अर्का किसान शोभा रिजालको घरबाट एउटा खसी र ब्याउने माउ बाख्रा र रामकृष्ण ढकालको खोरबाट दुइ वटा खसी हराएकछन।
पिडित किसान हरुले चोरीको खोजि गरिदिन इलाका प्रहरी कार्यालय गीतानगर लाई खबर गरेका छन। पिडित भुवन भण्डारीका अनुसार उनीहरुले संकास्पद अवस्थामा भेटिएको म्याजिक भ्यान लाइ जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए। आवस्यक सोधपुछ पछि प्रयाप्त प्रमाण नभेटिएकाले म्याजिक भ्यान चालक लाई छोडिएको डिएसपी सुर्य बहादुर थापाले वताएका छन। डिएसपी थापाले चोरको खोजि भैरहेको र रातको समयमा गस्ती सुरु गरिसकेको बताए।