पश्चिम चितवनमा मध्यान्न बाट भरि वर्षा जनजीवन प्रभावित

Posted by

तस्विर अपिल घिमिरे ,१५ साउन

पश्चिम चितवनमा पनि गत सोमवार देखि निरन्तर झरी परिरहेको छ। झरीले स्थानीय हरुलाई निक्कै प्रभाव परिरिरहेको छ। रोपी सकेको खेत जलमग्न छन्। बजार क्षेत्रमा ढलमा पानी जमेर कट्न सकेको छैन। पार्वतीपुर,शिवनगर,रामपुर,चनौली,मेघौली बजार हरुमा पानीको असर परिरहेको छ। झरीले गर्दा व्यापार पनि नभएको व्यवसायी हरु बताउछन। वार्ड कार्यालयहरुमा पनि खासै चहलपहल देखिएको छैन।बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ ।