पश्चिम चितवन अण्डा उत्पादक कृषक समुहको अध्यक्षमा खड्का निर्वाचित

Posted by

चितवन पार्वतिपुर, ५ कार्तिक २०७६, मंगलवार
पश्चिम चितवन अण्डा उत्पादक कृषक समुहको अध्यक्षमा मेक बहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।आज पार्वतिपुरमा आयोजित विशेष भेलाले खड्को नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपादध्यक्षमा गोविन्द शर्मा चयन हुनुभएको छ । भने सचिवमा नारायण चालिसे नै यथावत रहनुभएको छ । यस्तै सहसचिवमा रमेश बोहरा, कोषाध्यक्षमा हरिभक्त पौडेललाई सो भेलाले चयन गरेको हो । सदस्यहरुमा मेघनाथ भट्ट, सुरेन्द्र लामा, कल्पना सापकोटा, प्रिति राना, खगराज पाठक, टेक बहादुर पुन, हरि प्रसाद ढकाल, राजु गुरुङ, किरण कोईराला, प्रकाश सुवेदी, शालिकग्राम सुवेदी, आनन्द मास्के र अमृत बहादुर गुरुङ रहनुभएको छ ।

२१ सदस्यीय समिति रहने गरि ३ जना प्रतिनिधि पछि मनोनित गरिने निर्णय भएको जनाईएको छ । यस्तै श्रीराम सापकोटाको सयोंजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ । जसमा प्रकाश चन्द्र बराल र रोशन लामिछाने सदस्य रहनुभएको छ । अनिल भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिईएको सो भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि बनाएको थियो । निर्वतमान अध्यक्ष राजकुमार श्रेष्ठ, उमापति सापकोटा, बासुदेव अधिकारी, रघुनाथ ओझा र भरतपुर २१ का वडा सदस्य कृष्ण कुमार गुरुङ सल्लाहकार समितिमा रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

समुहका निर्वतमान अध्यक्ष राजकुमार श्रेष्ठको अनुपस्थितिमा तत्कालिन उपादध्यक्ष एवं नवनिर्वाचित अध्यक्ष मेक बहादुर खड्काको अध्यक्षतामा भेला आयोजना गरिएको थियो । तदर्थ समिति मार्फत अध्यक्ष हुनुभएका निर्वतमान अध्यक्ष श्रेष्ठ अहिले नेपाल अण्डा उत्पादक संघका केन्द्रिय सदस्यमा निर्वाचित हुदै कोषादध्यक्षमा चयन हुनुभएको हो । आन्तरिक कोष नै सञ्चालन गरेको समुहलाई बैधानिक बनाउने बताउदै नवनिर्वाचित अध्यक्ष खड्काले थप संर्घषका कार्यक्रम घोषणा गरिने बताउनुभयो ।

उहाँले पश्चिम चितवनका सम्पुर्ण अण्डा उत्पादक किसान समुहमा जोडिनुपर्नेमा जोड दिदैं एकताबद्ध भएर अघि बढ्न आफ्ना सदस्यहरुलाई निर्देशन दिनुभयो ।