पश्चिम चितवन गितानगरका २ जनामा कोरोना भेटियो

Posted by

चितवन, शुक्रबार, जेष्ठ ९, २०७७ –

चितवनमा आज (शुक्रबार) थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–६, गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु श्रीमान् र श्रीमती हुन् । उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ । क्यान्सर रोगको उपचार गर्नका लागि उनीहरु भारत गएको खुलेको छ । उनीहरुलाई अहिले भरतपुर ल्याईएको छ ।

उनीहरु भारतबाट आएपछि घरमै क्वारेन्टिनमा बसेको बुझिएको छ ।