पांचौ हिरो तेक्वान्दोका लागी नेपाली सहभागी थाइलैण्ड प्रस्थान

Posted by

अपिल घिमिरे / सुदय लामीछाने
साउन १०, २०७६ शुक्रबार


पांचौ हिरो तेक्वान्दो अन्तराष्ट्रीय च्याम्पियनशिप २०१९ मा भाग लिन नेपालको टोली शुक्रबार थाइलैण्डका लागी प्रस्थान गरेको छ । जुलाई २७ देखी जुलाई २८ सम्म थाइलैण्डको बैंककमा तेक्वान्दो प्रतियोगीता आयोजना हुने भएको हो । नेपाल का तर्फबाट अन्तराष्ट्रीय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक जय देव पौडेलको नेतॄत्वमा २४ जनाको टोली बैंकक पुग्न लागेको हो । नेपालबाट जाने सहभागीमा टिम म्यानेजर राजेन्द्र प्रसाद तिवारी रहनु भएको छ । त्यस्तै अन्तराष्ट्रीय रेफ्री विश्व राज राई, टिम कोच मीरा थापा , खेलाडीहरु प्रवेश पण्डित , नमिशा गौली, असल घिमिरे, दिपेन्द्र ढुङ्गाना , सोनाम नेपाली, बर्षा थापा , स्वस्तिका बोट लगायत १९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन । खेलमा २३ वटा राष्ट्रका १८०० प्रतिष्प्रधिहरु सहभागी हुने जनाईएको छ । सहभागीलाई नेपाल तेक्वान्दो सघंले
काठमाण्डौ बाट बिधाई गरेको छ।

No photo description available.