पाचौँ कञ्चन खुल्ला भलिबल प्रतियोगिता सुरु

Posted by

रेडियो प्रभाव, पार्बतिपुर, पौष २८

पाचौँ कञ्चन खुल्ला नकआउट भलिबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । आज एक कार्यक्रमका बिच प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर पार्बति साहले उद्धघाटन गर्नुभयो । बिशिष्ट्र अतिथिद्धय भरतपुर २१ र १४ का वडाध्यक्ष चित्रशेन अधिकारी र ओम प्रकास पोख्रेलले बल हस्तान्तरण गरी खेलको सुरुवात गर्नुभयो । कञ्चन समाज बिकास परीषद् भरतपुर २१ पार्बतिपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा सोमबार ४ खेल भएका छन् । उद्घाटन खेलमा सुन्दर संगम युबा क्लबले आयोजक कञ्चन समाज बिकास परीषद्लाई सोझो सेटमा पराजित गरेको छ । सुन्दर संगमले २५–२१ र २५–२२ को सोझो सेटमा जित निकालेको हो । दोस्रो खेलमा पद्मोदय युबा क्लबले २५–१७ , २५–१९ को सोझो सेटमा शिबशक्ति युबा क्लबलाई पाखा लगायो । यस्तै आजै भएको तेस्रो खेलमा श्री कालिबहादुर गण भरतपुरले समाज सेवा युबा क्लबमाथि २५–१५ , २५–१८ को सोझो सेटमा जित निकालेको छ । दोस्रो चरणका खेलहरु पनि आजैबाट सुरु भएका छन् । दोस्रो चरणको पहिलो खेलमा आज सुन्दर संगम युबा क्लब र भानु माबि पहारीलोटार बिच खेल भएको हो । उक्त प्रतियोगितामा भानुमाबिले २५–१४ , २५–२२ को सोझो सेटमा जित निकालेको छ ।

“कञ्चन समाजको चाहाना खेलकुद बिकासको कामना” भन्ने मुलनारा सहित सुरुभएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता माघ १ गतेसम्म कञ्चनबाल उधान कञ्चनबस्तिमा सञ्चालन हुने छ । प्रतियोगितामा विजेताले ५० हजार , उपविजेताले ३० हजार र सान्त्वना हुने २ टिमले नगत १०–१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन ्। पश्चिम चितवनमा भलिवल खेलाडी उत्पादन र उनीहरुलाई प्रत्साहन गर्ने उद्देश्यले पार्बतिपुरको कञ्चनबस्तिमा प्रत्येक बर्ष भलिबल प्रतियोगिता हुँदै आएको छ ।