पार्टीलाई सुरक्षित ढंङ्गले महाधिवेसनसम्म पुर्याउनुपर्छ ‘प्रचण्ड’

Posted by

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकतालाई सुरक्षित ढङ्गबाट महाधिवेसनसम्म पुर्याउनुपर्ने जिम्मेवारी भएको बताउनु भएको छ ।

रितबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको सातौं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनआन्दोलनका बाँकी काम पूरा गर्दै मुलुकमा समाजवाद स्थापनाका लागि पार्टी एकता भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा केही अलमल भएको स्विकार्नुभएको छ ।

पार्टी एकता असाधारण र ऐतिहासीक भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसबाट कोही टाढा रहन नसक्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले पार्टी एकताबारे दर्बिलो अभिव्यक्ती दिएपनि हालसम्म नेकपाकाको एकताले पूर्णता पाउन सकेको छ ।

तत्कालिन नेकपा माओवादी पूर्वक्षेत्रीय इन्चार्ज समेत रहनुभएका रितबहादुर खडकालाई रौतहटको पिपरामा प्रहरीले पक्राउ गरी २०५७ साल असार २ गते हत्या गरेको थियो ।